मंगलबार राति फेसबुकमा एकाएक समस्या, भएको के हो ?

  •   Nepal
  •   २३ फाल्गुन २०८०, बुधबार
  •   Technical Dari
सेयर गर्नुहोस :

मंगलबार राति करिब एक घण्टा सामाजिक सञ्जाल फेसबुक मा एकाएक समस्या देखियो प्रयोगकर्ताहरुले फेसबुक चलाइरहेको अवस्थामा अकाउन्ट आफै लगआउट हुने, अकाउन्ट पुन लगइन गर्न खोज्दा लगइन नहुने समस्या देखापर्यो ।

फेसबुक मात्र नभइन फेसबुक मेसेन्जर, इन्स्टाग्राम आदिमा यी समस्याहरु देखिएपछि प्रयोगकर्ताहरुमा आफ्नो अकाउन्ट ह्याक भएको त हैन भन्दै त्रसीत हुने बाताबरण बन्न पुग्यो । तर त्यसो नभइ उक्त समस्या विश्वव्यापी रुपमा नै भएको थियो

मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका छन् “हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं” यति जानकारी दिएपनि तर यकिन समस्या के हो जानकारी आएको छैन ।

यसअघि सन् २०२१ मा पनि ६ घण्टाभन्दा बढी समय फेसबुक अवरुद्ध भएको थियो ।

करीब एकघण्टा उक्त समस्या देखिएपनि त्यसपछि अहिले भने फेसबुक चलिसकेको छ ।