कम्प्युटर खोल्ने र बन्द गर्ने तरीका

  •   Nepal
  •   २० फाल्गुन २०८०, आईतवार
  •   Technical Dari
सेयर गर्नुहोस :

यदि तपाईलाई कम्प्युटरमा केहि पनि चलाउन आउदैन तर तपाई कम्प्युटर सिक्न चाहनुहुन्छ भने सबैभन्दा पहिला कम्प्युटर खोल्न र बन्द गर्न जान्नुपर्छ ।

आउनुहोस अब सिकौँ कम्प्युटर कसरी खोल्ने र खोलेको कम्प्युटर कसरी बन्द गर्ने ? सबैभन्दा पहिला कम्प्युटर खोल्ने तरीका जानौँ ।

कम्प्युटर कसरी खोल्ने
तपाईको अगाडि कम्प्युटर बन्द भएको अवस्थामा छ अब तपाई त्यसलाई खोल्न चाहनुहुन्छ भने सबैभन्दा पहिला कम्प्युटरको सिपियु बक्समा भएको पावर बटम लाइ थिच्नुहोस (यदि मोनिटर अन भएको छैन भने त्यसको पनि पावर बटम अन गर्नुहोला) तल चित्रमा दिएजस्तै तपाईको कम्प्युटरको सिपियु बक्समा हेर्नुहोस त्यहा भएको पावर बटम लाई थिच्नुहोस । यदि ल्यापटप हो भने त्यहाँ पनि पावर बटम हुन्छ त्यसलाई थिच्नुहोस ।

अब त्यसपछि तपाइको कम्प्युटरमा तल दिएजस्तै देखिन्छ । तपाईको कम्प्युटरमा धेरै युजर बनाएको छ भने यस्तै धेरैवटा देखाउनेछ आफ्नो युजरमा क्लिक गर्नुहोस त्यसपछि पासवर्ड राखेको छ भने पासवर्ड राखेर इन्टरगर्नुहोस त्यसपछि कम्प्युटर तल दिएजस्तै खुल्नेछ र कम्प्युटरको डेक्सटप देखिनेछ ।

त्यसपछि कम्प्युटर तल दिएजस्तै खुल्नेछ र कम्प्युटरको डेक्सटप देखिनेछ ।

अब चाँहि तपाइको कम्प्युटर खुलिसकेको छ

अब कम्प्युटर बन्द गर्ने तरीका हेरौ

सबैभन्दा पहिला स्टार्ट बटममा क्लिक गर्नुहोस ।

त्यसपछि तल फोटोमा भएजस्तै देखाउनेछ त्यसमा पावर बटम अप्सन देखिनेछ
त्यसमा क्लिक गर्नुहोस ।

त्यसपछि सट डाउन लेखेको अप्सनमा माउसले क्लिक गर्नुहोस

त्यसपछि कम्प्युटर बन्द हुनेछ ।

यस्तो तरीकाबाट तपाई पनि कम्प्युटर खोल्न र बन्द गर्न सक्नुहुन्छ ।

धन्यबाद !