सर्वोत्तम सिमेन्टको IPO RESULT आज १० बजे

  •   Nepal
  •   २१ फाल्गुन २०८०, सोमबार
  •   Technical Dari
सेयर गर्नुहोस :
This image has an empty alt attribute; its file name is image-1-edited.png

सर्वोत्तम सिमेन्टको आईपीओ आज १० बजे बाँडफाँट हुने भएको छ

कम्पनिले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७,७६,०७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो शेयरमा कुल ९,६०,३०१ जनाले ५,०६,१३,३६० कित्ता शेयरका लागि आवेदन परेको थियो

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिनेछ। जस अनुसार ५५,५२१ जना आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ ।